नागढुंगा नाकाबाट काठमाडौं प्रवेशमा कडाई
काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा आज काठमाडौंका जनप्रतिनिधिहरुले अनुगमन गरेका छन् ।
संघीय संसदका सांसद, प्रदेशसभाका सदस्य, काठमाडौं उपत्यकाका मेयर, उपमेयर र वडाअध्यक्षहरु, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनाका उच्च अधिकारीहरुको संयुक्त टोलीले काठमाडौं प्रवेश गर्ने सवारीसाधन तथा नाकाको सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।
पछिल्लो समय काठमाडौं प्रवेश गर्ने नाकाहरुबाट यात्रुवाहक सवारी निर्वाध प्रवेश गरिरहेको र सुरक्षा जाँचमा कडाई हुन नसकेको भन्ने गुनासा आउन थालेपछि जनप्रतिनिधि तथा सरोकारवालाहरुले अनुगमन गरेका हुन् ।
बिहान ८ बजे अनुगमनका लागि संयुक्त टोली नागढुंगा नाका पुगेको थियो । उक्त अवसरमा चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुंगाबाट कुनै यात्रुवाहक सवारी साधनलाई काठमाडौं प्रवेश नदिइएको जानकारी दिँदै अत्यावश्यक तथा खाद्यान्न र निमार्ण सामग्री ढुवानीका सवारीलाई कडा निगरानी साथ प्रवेश दिइएको बताउनुभयो ।
बाहिरी जिल्लाबाट आउने मानिसलाई प्रवेश दिँदा काठमाडौंमा जोखिम बढिरहेको गुनासो आएकाले प्रवेश नाकामा त्यस्तो कुनै कमी कमजोरी हुन नदिइएको उहाँले दावी गर्नुभयो ।
उहाँले कोभिड – १९ को संक्रमण न्युनिकरणका लागि उपत्यका प्रवेश गर्ने अत्यावश्यक तथा खाद्यान्न ढुवानीका सवारी साधनलाई डिस इन्फेन्टिङ टनेलमार्फत निःसंक्रमण गर्ने गरिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नागढुंगा नाकाबाट काठमाडौं प्रवेशमा कडाई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्