दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय
काठमाडौँ । सरकारले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
अध्यादेशको बारेमा सत्तारुढ दल तथा बाहिरबाट चौतर्फी आलोचना भएपछि अध्यादेश फिर्ता लिइएको छ ।
सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । पार्टी फुटाउन सहिलो हुने गरि ल्याएको अध्यादेशको पार्टीभित्र तथा बाहिरबाट चर्को विरोध भइरहेको छ । उक्त दुवै अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चर्को दबाब परेपछि सरकार पछि हटेको हो ।
अब सरकारको निर्णयसँगै हुने सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने छिन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #दुबै अध्यादेश फिर्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्