भ्रमण वर्षको प्रचारप्रसार गर्न भन्दै ७,५०० जनालाई दौड प्रतियोगिताको आयोजना
भ्रमण वर्षको प्रचारप्रसार गर्न भन्दै सात हजार ५०० जनालाई दौडाउने गरी वाग्मती प्रदेश सरकारले ‘हेटौँडा रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा पर्वतीय खेलकुद महासङ्घको संयोजनमा ‘हेटौँडा रन’ कार्यक्रम गरिने भएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । हेटौँडा रनअन्तर्गत यही माघ २५ गते हुने प्रतियोगितामा हजारौँ व्यावसायिक तथा अव्यावसायिक धावकलाई दौडाउने कार्यक्रम रहेको मन्त्रालयका सचिव शिवकुमार वाग्लेले जानकारी दिनुभयो ।
हेटौँडा रनमा पुरुष र महिलाको छुट्टाछुट्टै दौड प्रतियोगिता हुने र मनोरञ्जनात्मक दौडको अलग्गै कार्यक्रम छ । हेटौँडा रनमा देशका ख्याती प्राप्तसाथै वाग्मती प्रदेश तथा अन्य प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका धावक तथा सर्वसाधारण दौडमा सहभागिता रहने पर्वतीय खेलकुद महासङ्घ नेपाल वाग्मती प्रदेशका सचिव सफल अधिकारीले जानकारी दिनुभयो । दौडमा सहभागी हुन देशका सातै प्रदेशबाट अनलाइन फारम भर्ने काम भइरहेको र अन्तिम मितिसम्ममा सोचेअनुसारको सहभागिता हुने अपेक्षा गरेको उहाँले बताउनुभयो । हेटौँडा रनमा महिलालाई पाँच किलोमिटर र पुरुषका लागि १० किलोमिटर दौड आयोजना गरिनेछ ।
दौडमा महिला र पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५० हजार, रु ३० हजार र तृतीयले रु २० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । भ्रमण वर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । हेटौँडा रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक, पूर्वमिस नेपाल शृङ्खला खतिवडा, बैंकर्स, जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, कलाकार, विभिन्न सङ्घसंस्था, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि दौडने कार्यक्रम छ ।
पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा मात्रै हुनेगरेको यस्ता प्रतियोगितालाई प्रदेशको राजधानी हेटौँडामा आयोजना गरेर पर्यटकीय माहोल निर्माण गर्न लागिएको भन्दै कार्यक्रमलाई भव्य र सभ्य ढङ्गमा सम्पन्न गरिने जनाइएको छ । देशभरका विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागीता रहने कार्यक्रमलाई सबै मिलेर सम्झन लायक बनाइनुपर्ने पर्वतीय खेलकुद महासङ्घका अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले बताउनुभयो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सात हजार ५०० जनालाई दौडाउने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्