राप्रपा केन्द्रीय बैठक शुरु
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको आजको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको आर्थिक समृृद्धिका लागि लगानी प्रवद्र्धन र रोजगारी सिर्जना गर्नुपर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । आजदेखि काठमाडौँमा शुरु भएको उक्त बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको प्रतिवेदनमा भ्रष्टाचार नियन्त्रण, व्यापार घाटाको न्यूनीकरण, शिक्षा र स्वास्थ्यको गुणस्तर अभिवृद्धि गरी देशको विकास गर्न सकिने उल्लेख गरिएको छ ।
संस्थागत एवं नीतिगत भ्रष्टाचारका कारण राष्ट्र निर्माणमा बाधा पुगेको उल्लेख गरिएको प्रतिवेदनमा धर्म परिवर्तनको डढेलो, बेरोजगारी समस्या, सर्वसत्तावाद र बाह्य शक्तिको चलखेल हाल देशमा विद्यमान चुनौति रहेको भनिएको छ । पछिल्लो तथ्याङ्कअनुसार तीव्रगतिमा समाजको इसाईकरण हुने देशमा नेपाल पहिलो नम्बरमा रहेको उल्लेख गरिएको प्रतिवेदनमा गलत ढङ्गले हाल भइरहेको धर्म परिवर्तनलाई समयमै नियन्त्रण गर्न नसकेमा यसले मुलुकको राष्ट्रिय पहिचानलाई समाप्त पार्ने, सामाजिक सांस्कृतिक सद्भाव र एकता खलबल्याउने र देशलाई गम्भीर धार्मिक द्वन्द्वमा फँसाउने विषय समावेश गरिएको छ ।
बैठकमा देशभरबाट १६३ केन्द्रीय सदस्य सहभागी छन् भने नेता तथा कार्यकर्ताले उक्त प्रतिवेदनमा छलफल गरी दिने सुझावका आधारमा त्यसलाई परिमार्जन गरिने केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिनुभयो । बैठकमा सङ्गठनको अवस्थालाई दृष्टिगत गर्दै स्थानीयतहको वर्गीकरण गर्ने, अहिलेदेखि नै सम्भावित उम्मेदवार छनौट गरी जिम्मेवारी दिने तथा निर्वाचन केन्द्रित विशेष कार्ययोजना र आगामी कार्यक्रमका बारे पनि छलफल गरिने छ । यही माघ १८ गतेसम्म जारी रहने बैठकमा सचिवालयको प्रतिवेदन र आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरिने छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राप्रपा केन्द्रीय बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्