नवनिर्वाचित अध्यक्ष पन्त भन्छन् : एनआरएनएकाे चुनाव अब नेपालमा गर्दैनाैं
काठमाडौँ । चरम राजनीतिकरण भएको आरोप लागेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संस्थाको निर्वाचन अब नेपालमा नगर्ने बताएका छन् ।
एनआरएनए सम्मेलनमा सहभागि सदस्यको अभद्र व्यवहार र भद्रगोल गतिविधिमाथि तिव्र आलोचना भएपछि नवनिर्वाचित अध्यक्ष पन्तले नेपालमा अबदेखि निर्वाचन कार्यक्रम नगर्ने उद्घोष गरेका हुन् ।
उनले संस्थामा अनावश्यक राजनीतिकरण गर्न खोजिएको र होटलका कोठा–कोठामा राजनीतिक दलका नेताहरू ल्याएर छलफल भएकोमा दुःख प्रकट गरे ।
‘अबदेखि काठमाडौंमा निर्वाचन कार्यक्रम गर्दैनौं’, अध्यक्ष पन्तले भने, ‘बरु अनलाइन भोटिङ गर्छौं । प्रतिनिधिले मात्रै नभइ साधारण सदस्यले नै भोट गर्न पाउने व्यवस्था गर्छौं ।’
काठमाडौंमा भएको नवौं सम्मेलनबाट अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतले पराजित गर्दै २ वर्षे कार्यकालका लागि पन्त विजयी भएका हुन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कुमार पन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्