मोदीको नेपाल भ्रमण तयारी, हिन्दुराज्य बनाउने गोप्य सम्झैता
काठमाडौ ।भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणको तयारी भएको छ । यो भ्रमणमा हिन्दुराज्य बनाउने गोप्य सम्झैता हुने बिषेश स्रोतको दाबी छ । त्यसैगरी नेपाल टु पार्टी सिस्टममा जाने कुरा भारतले समर्थन गरेको बुझिएको छ ।
यसअघि प्रधानमन्त्री मोदीले दुई पटक नेपालको राजकीय भ्रमण गरेका थिए । सो भ्रमणका तयारीका लागि पनि उनी नेपाल आएका थिए । प्रधानमन्त्री मोदीले के बोल्ने के नबोल्ने कुराको तय गर्न चौथाईवाले केही दिन नेपालमै बसेर यसको तयारी गर्ने बुझिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकादेखि चीनसम्मको भ्रमणलाई सफल पार्ने भारतीय जनता पार्टी ९भाजपा० का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । निकट भविष्यमा भारतीय प्रधानमन्त्री मोदीले गर्न लागेको नेपाल भ्रमणको तयारीका लागि उनी नेपाल आएका हुन् ।
खसगरी उनले पार्टीको लाइनबाट प्रधानमन्त्री मोदीले भारतीय प्रवासीको लागि के के कुरा राख्ने भनेर उनी तयारी गर्छन् । प्रधानमन्त्री मोदीको कुनै देश भ्रमणको तय भएपछि उनी एक हप्ता अगाडि नै त्यहाँ पुग्ने गर्छन् । सरोकारवालाहरुसँग भेटेर त्यहाँको मनोविज्ञान थाह पाएर भाषण तयार गर्ने गरेको जानकारहरु बताउँछन् ।
मोदीले जनकपुर भ्रमण गर्दा चौथाइवाले त्यहाँ आएर एक हप्ता पहिलादेखि नै बसेका थिए । त्यहाँका स्थानीय नेता, पत्रकार, भारतीय मुलका व्यक्ति, उद्योगपतिहरुसँग छलफल गरेका थिए । र, उनकै टीमले तयार पारेका भाषण मोदीले बाह्र विघामा वाचन गरेका थिए ।
चौथाइवालेले मोदीले के बोल्ने के नबोल्ने भन्ने विषय निर्धारण गर्ने मात्र होइन, कार्यक्रमको व्यवस्थापन पनि गर्ने गर्छन् । के आकर्षण नारा दिँदा, वा के गर्दा मोदीको कार्यक्रममा धेरैभन्दा धेरै मान्छेको उपस्थिति हुन्छन् भन्ने योजना बनाउने काम पनि उनैले गर्ने गरेका छन् ।
मोदी पहिलो पटक नेपाल भ्रमण गर्दा सदनमा नेपाली भाषा प्रयोग गर्नु, बानेश्वरमा ओर्लेर जनतासँग हात मिलाउन उनकै दिमागको उपज रहेको भारतीय जनता पार्टी निकटस्त बताउँछन् ।
भाजपका तत्कालिन अध्यक्ष अमित शाहका माध्यमबाट भाजपामा जोडिएका चौथाईवाले भाजपाका महासचिव राम माधवको साथमा रहेर प्रधानमन्त्री मोदीलाई विदेशमा रहेका भारतीय समक्ष पुर्याएका छन् । माइक्रोबायोलोजीमा पीएचडी गरेका चौथाईवा सन् २०१४ मा भएको लोकसभा चुनावमा मोदीको चुनावी रणनीति बनाउने टिममा छिरेका थिए ।
भारतीय दूतावास स्रोत भन्छ, ‘भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने कुरा भइरहेको छ तर हालसम्म त्यसको केही टुङ्गो लागेको छैन ।’ तर चौथाइवाला नेपाल आउनु भनेको प्रधानमन्त्री मोदीको भ्रमण हुने संकेत रहेको दूतावास स्रोत बताउँछ ।
प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने भएपछि भाजपाका नेता तथा सरकारका प्रतिनिधिहरुको नेपाल आउने जाने क्रम शुरु भएको छ । रअ प्रमुख गोयल फर्केर गएपछि भाजपाका नेता एवं राज्यसभा सांसद सुब्रमण्यम स्वामी नेपालको भ्रमण गरेका छन् । उनी यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किसकेका छन् ।
भारतीय रअ का प्रमुख सामन्त गोयल नेपालको भ्रमण गरेर फर्केपछि प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने तय भएको बताइएको छ । मोदीले अगस्तमा भुटान भ्रमणमा जानेछन् भने १७ सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रको साधारणसभामा भाग लिनेछन् । यी दुई कार्यक्रम सकाएर मात्र नेपालको मिति गरिने स्रोतको दावी छ ।
भारतस्थित विदेश मन्त्रालय स्रोतका अनुसार केही दिनमै एस।जयशंकरको नेपाल भ्रमण हुँदैछ । त्यसका लागि नेपालस्थित भारतीय दूतावासका कर्मचारीलाई एलर्ट गराइसकेको स्रोतले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #मोदीको नेपाल भ्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्