चार देशका लागि राजदूत नियुक्ति सिफारिस
काठमाडौं । मन्त्रिपरिषद् बैठकले चार देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले चार देशमा राजदूत नियुक्तिका लागि सफारिस गरिएको छ । चार राजदूतको नियुक्ति सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अान्तरिक शक्ति सन्तुलन कायम राख्ने उद्देश्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालको कोटामा समेत एक/एक जना राजदूत नियुक्तिका लागि सिफारिसमा परेका छन ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका लागि नेपाली राजदूत सिफारिस गरेको हो । जसमा अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस भएका छन । अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत दाहाल नेकपा अध्यक्ष प्रचण्डको कोटामा परेका हुन ।
बंगलादेशका लागि राजदूत सिफारिश भएका मिश्र पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपाका नेता हुन् उनी माधव नेपाल निकट हुन । मिश्र र नेपाल दुबैको गृह जिल्ला राैतहट हो । यस्तै कतारका लागि राजदूत सिफारिस भएका भारद्वाज तत्कालीन नेकपा एमालेका विदेश विभागका सदस्य हुन । उनी प्रधानमन्त्री निकटमा हुन । स्पेनका लागि राजदूत सिफारिश भएकी शेर्पा पासाङ्ग ल्हामुकी छोरी हुन ।

प्रचण्ड निकटका दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष समेत हुन । गत निर्वाचनमा उनी नेपाली कांग्रेसको ललितपुरको सभामा सहभागी भएपछि निर्वाचन अायाेगले स्पष्टिकरण नै सोधेको थियो । दाहाल २०७५ असोज ९ गते नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा रातो टीक र खादा लगाएर नेकपा प्रवेश गरेका थिए । त्यसबेला उनलाइ प्रचण्ड र विष्णु पाैडेल लगायतले स्वागत गरेका थिए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राजदूत नियुक्ति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्