विप्लवको नेकपाद्वारा बन्दको घोषणा, संघर्षका कार्यक्रम पनि सार्वजनिक
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चैत १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ ।
पार्टी स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित देशभरिबाट आफ्ना नेता र कार्यकर्ता पक्राउ परेको विरोधमा १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको महासचिव विप्लवद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेकपाका नेता कार्यकर्ता देशभरबाट पक्राउ पर्ने क्रम बढेको छ ।
सो पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा आफ्नो पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै वर्तमान सरकारले चरम फासिवाद लादेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको टिप्पणी गरिएको छ ।
पार्टीका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शन, पोलिटब्युरो सदस्य जीवन्त, केन्द्रीय सदस्यहरू प्रज्वलन, बन्धुलगायत दर्जनौं नेता–कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा उनीहरुको रिहाईका लागि स्थायी समितिको निर्णयअनुसार चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गरिएको छ ।
विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बन्द हाम्रो चाहना नभई फाँसिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ । यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ ।’
विप्लवले सोही विज्ञप्तिमार्फत चैत २४ गतेसम्मको संघर्षका कार्यक्रम पनि घोषणा गरेका छन् । सो कार्यक्रमअनुसार चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा रहेको छ ।
चैतभित्र प्रतिबन्ध नहटाए र शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने सो पार्टीले जनाएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #विप्लवको नेकपाद्वा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्