शिक्षक आन्दोलनमा प्रहरी हस्तक्षेप भएको काङ्ग्रेसको आरोप
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ ।
काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’ जनाएको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने कार्य गरेको भनी आरोप लगाउँदै सरकारसँग राहत शिक्षकको माग पूरा गर्न आग्रह गर्नुभएको छ । उहाँले आन्दोलनमा घाइते भई उपचाररत शिक्षकको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #शिक्षक आन्दोलन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्