निवर्तमान अख्तियार आयुक्त पाठकमाथि कारवाहीको बाटो खुल्यो
घुसकाण्डमा जोडिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान गर्न महान्यायाधिवक्ता कार्यालयले राय दिएको छ ।
सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता कार्यालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई घुसकाण्डमा जोडिएपछि राजिनामा दिएका पाठकमाथि अनुसन्धान गर्न राय दिएको हो ।
सोमबार अख्तियारले मुद्दा चलाउने कानुनी आधारका बारेमा राय माग गर्दै पत्र लेखेको थियो । आफ्नै संस्थामा केही समय अघिसम्म आयुक्त रहेका पाठकलाई अनुसन्धान गर्नुपर्ने स्थिति पैदा भएपछि अख्तियारले महान्यायाधिवक्ताको राय मागेको हो ।
अख्तियारले माग गरेअनुसार महान्यायाधिवक्ताको कार्यालयले राय पठाएको स्रोतले जानकारी दिएको छ । आयुक्तको पदबाट राजीनामा दिएका पाठकमाथि संविधान र भ्रष्टाचार निवारण ऐनका आधारमा छानबिन गर्नेे राय महान्यायाधीवक्ताको कार्यालयले दिएको हो ।
‘भ्रष्टाचार निवारण ऐन अनुसार पूर्व पदाधिकारीको रुपमा मुद्दा चलाउन सक्ने आधार रहेका छन्, जो भ्रष्टाचार संलग्न हुन्छ उसले उन्मुक्ती पाउन सक्दैन’, रायमा भनिएको छ, ‘संविधानको धारा २३९ को उपधारा २ मा महाअभियोग लाग्ने व्यक्तिलाई पदमुक्त भएपछि अख्तियारले नै अनुसन्धान गर्न र गराउन सक्ने उल्लेख छ ।’
त्यही धाराको उपधारा ३ मा त्यस्ता व्यक्तिले भ्रष्टाचार मानिने काम गरेको देखिए अदालतमा मुद्दा चलाउन सक्ने भएकाले अनुसन्धानमा वाधा नहुने रायमा उल्लेख छ ।
अनुसन्धान गरि मुद्दा चल्न सक्ने राय महान्यायाधीवक्ताको कार्यालयले दिएपछि अख्तियारले घुसकाण्डमाथि छानविन अघि बढाउन सक्ने देखिएको छ । अख्तियारले मुद्दा अघि वढाएर विशेष अदालतमा मुद्दा दायर गरेमा पाठकलाई ११ वर्षसम्म जेल र बिगो र सो बमोजिम जरिवाना हुने देखिन्छ ।
स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको सार्वजनिक भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #राजनारायण पाठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्