मुद्धा खोज्दै काँग्रेस, भेनेजुयला वक्तव्यमा आपत्ती
काठमाडौं /डा. गोविन्द केसीको मुद्धा सकिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारुढ दलको भेनेजुयला प्रकरणको विज्ञप्तीलाई लिएर आफ्नो प्रतिपक्षी धर्म देखाउने भएको छ । नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ पार्टीका अध्यक्ष र सरकारको विज्ञप्ति अपरिपक्व रहेको कााँग्रेसले जनाएको छ ।
काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारको उक्त कार्यप्रति आपत्ति प्रकट गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो ।
काङ्ग्रेसले नेपालको विकासका लागि झण्डै ६५ वर्षभन्दा लामो समयदेखि नियमित आर्थिक सहयोग पुर्याउँदै आएको पुरानो र भरपर्दो मित्र संयुक्त राज्य अमेरिकाले आज पनि मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेखनीय सहयोग पुर्याइरहेको जनाएको छ ।
बैठकले तत्कालीन देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश र वर्तमान सरकारले प्रा डा गोविन्द केसीसँग सम्झौता गरेबमोजिम त्यससम्बन्धी विधेयक सच्याउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्