मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीमा २७ वटा आवास भवन निर्माण गर्ने
काठमाडौं । सरकारले राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र मन्त्रीहरुका लागि ललितपुरको सैवु भैंसेपाटीमा २७ वटा आवास भवन निर्माण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
बैठकले ललितपुर महानगरपालिकाको सैवु भैसैपाटीस्थित सैवु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी चार आना ३.२८ दाम जग्गामा २७ वटा आवास भवनका साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवास सम्पर्क कार्यालयका लागि थप १४ वटा भवन समेत निर्माण गर्ने निर्णय गरेको छ ।
बिहीबार एक विज्ञप्तिमार्फत सरकारका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले पूल्चोकस्थित हाल मन्त्री निवास रहेको परिसरमा समेत १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने निर्णय भएको बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #भैंसेपाटीमा २७ वटा आवास भवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्