राणा परिवारले सरकारलाई बेचेको ८ सय ८ रोपनी जग्गाकाे सिंहदरवारको लालपुर्जा कहाँ छ ?
काठमाडौं, १६ मङ्सिर । सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ ।
सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालय अन्तर्गतको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिसँग रहेको छ ।
सचिवालय अहिले संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिले मन्त्रालय अन्तर्गत थियो ।
सचिवालयका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासेले लालपुर्जा आफूहरुसँग रहेको बताउनुभयो । ‘लालपुर्जा सरकारको नाममा छ’ –उहाँले भन्नुभयो ।
राणा परिवारले सरकारलाई सिंहदरबारको जग्गा बेचेका हुन् । सिंहदरबारमा ५० भन्दा बढी सानाठूला भवन रहेका छन् । सिंहदरबारभित्र भवन बनाउने र त्यसलाई व्यवस्थापन गर्ने काम पनि सचिवालयकै हो ।
उपत्यका भवन मर्मत सम्भार डिभिजनको नाम परिवर्तन भएर संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय बनेको हो, यसको कार्यालय खुसिबुमा रहेको छ ।
व्यवस्थापन कार्यालयले विशेष गरी ३ वटा क्षेत्रलाई हेर्नेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निवासलाई हेर्ने जिम्मा एक जना सिनियर डिभिजनल इन्जिनियर (सीडीई) को रहेको छ ।
यसले कुनैपनि सरकारी कार्यालय हेर्दैन । त्यसै गरी अर्का सीडीईले सिंहदरबार पुनर्निर्माण सचिवालयलाई हेर्ने गरेको भने अर्काले मन्त्री क्वार्टरको जिम्मा लिएका छन् ।
मन्त्री क्वार्टरमा पनि एक जना इन्जिनियर रहेका छन्, जसले त्यहाँभित्र भएका समस्यालाई समाधान गर्ने गरेका छन ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्