सरकारको विकल्प खोज्न हुँदैन– वरिष्ठ नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारको विकल्प खोज्न नहुने बताएका छन ।
रिपोर्टर्स क्लबले उहाँको निवासमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा नेता नेपालले देश र जनतालाई विकास र समृद्धिमा लैजानका लागि सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताए ।
कम्युनिष्ट पार्टीको सरकार असफल भए सिङ्गो राष्ट्र नै असफल हुने बताउँदै मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक र सामाजिक रुपान्तरणका लागि सरकारले प्राथमिकिकरण गरेको र राज्यका निकायलाई गतिशील बनाएर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० का अध्यक्ष पशुपतिशम्शेर जबराले प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुको एकतामा निर्वाह गरेको भूमिकाले देशको राजनीतिक स्थिरताका लागि सकारात्मक प्रभाव पार्ने बताए । उहाँले बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले राप्रपा परिवेशका सबै पार्टी हिन्दू राष्ट्र कायम गर्ने समझदारीका साथ एकीकरणको प्रयास भइरहेको बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #सरकारको विकल्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्