वामदेवलाई काखा, नारायणकाजीलाई पाखा किन ?
वामदेव गौतमलाई सासद बनाउन काठमाण्डौं सात निर्वाचन क्षेत्रका सासद रामविर मानन्धरलाई राजीनामा दिलाएर चुनाव गर्ने तयारी भए पछि त्यसको चौतर्फी विरोध शुरु भएको छ ।
खास गरी सामाजिक सञ्जालमा विरोध स्पष्ट देख्न सकिन्छ ।
सत्तारुढ नेकपाका नेताहरुले वामदेवले शान्तिप्रकृयामा महत्वपूर्ण भूमिका खेलेको, पार्टी एकतामा भूमिका खेलेको जस्ता कारण देखाएर उनलाई सासद बनाउन डोल्पाबाट शुरु भएको प्रयास काठमाण्डौं आईपुगेर अवतरण गरेको छ ।
उनी बर्दियाबाट गत संघीय ससदको निर्वाचनमा पराजीत भएका थिए ।
वामदेव गौतमलाई सासद बनाउन मरिहत्ते गरेर लाग्ने दुई अध्यक्ष हुन् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड ।
यदी वामदेवको भूमिका उच्च रहेकाले उनलाई सासद बनाईन्छ भने अर्का नेता नारायणकाजी श्रेष्ठको चर्चा किन छैन ?
तात्कालीन एमाले हुदा बामदेवले भूमिका खेलेका थिए भने तात्कालीन माओवादी भित्र नारायणकाजीको भूमिका के थियो ? शान्ति प्रकृयामा आउन, सविधान निर्माण गर्न , पार्टी एकता गर्न के वामदेवको भन्दा कम भूमिका थियो होला नारायणकाजीको ? प्रश्न उठेको छ ।
भित्री रुपमा वामदेवलाई अगाडी ल्याएर बैकल्पिक प्रधानमन्त्रीको रुपमा समेत खडा गर्न खोजिएको देखिन्छ एकातिर भने अर्को तिर पार्टी भित्र ओली र प्रचण्डबीच सन्तुलन कायम राख्न वामदेवलाई सुत्रधारको रुपमा कायम राख्ने दुवै शीर्ष नेताको स्वार्थ हुन सक्ने आकलन गरिएको छ ।
यसो गरेर बामदेवलाई काखा राख्दा नारायणकाजी पाखा पर्ने स्पष्टै देखिन्छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्