निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनद्धारा अभिभाकत्व ग्रहण
राधेश्याम तिमलसिना ( पुकार )
काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन केन्द्रिय कार्य समितिले विद्यार्थी भर्ना तथा अभिभावकत्व ग्रहण गरेको छ । रौतहट जिल्लाको माधव नारायण नगरपालिकामा अवस्थित राधाकृष्ण माध्यामिक विद्यालयमा अध्यनरत २३ जना विद्यार्थी र आधारभूत विद्यालयमा अध्यनरत २१ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेको ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रतिनिधि सभा सदस्य रेखाकुमारी झा , माधवनारायण नगरपालिकाका प्रमुख विरेन्द्र प्रसाद पोखरेल, विद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थितीमा छात्रा–छात्रहरुलाई कपडा , झोला, किताब, कापी लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको महासचिव सुबोधकुमार देवकोटाले बताए ।

आधिकारीक ट्रेड युनियनका अध्यक्ष पूण्य प्रसाद ढकालका अनुसार करिब १ जना बिध्यार्थी बरावर ६००० रुपैया बराबरको शैक्षिक सामाग्री हस्ताणतरण गरिएको र सो अभियानलाई देशका अन्य स्थानहरुमा समेत निरन्तरता दिइने छ ।
नेपाल सरकारका मुख्य सचिवदेखी कार्यालय सहयोगीबाट संकलित रकमबाट उक्त शैक्षिक सामाग्री वितरण गरिएको ट्रेड युनियनका बरिष्ठ सदस्य कुमारप्रसाद तिमिल्सिनाले बताए ।
नेपाल सरकारको शैक्षिक अभियान सत्र ०७५/७६ अन्तर्गत दोस्रो चरणको शुभारम्म गर्दै मन्त्रिलाल बाबु पण्डितले सो अभियानबाट आर्थिक रुपमा बिपन्नवर्गका छोराछोरीहरु, गरिब एवं असायहरुलाई पठन–पाठनका निमिक्त ठूलो राहत हुने बताए ।
निजामति ट्रेड युनियनहरुले कर्मचारी सरुवा–बढुवा, वृद्धि विकाश, तलव बृद्धिका माग एवं सांगठनिक मुद्धामात्र नउठाइ समाजका बिपन्न समुदायप्रति पनि सर्मपित छ भन्ने यो पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ ।

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अभिभाकत्व, #आधिकारीक ट्रेड युनियन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्