नेकपाको सांगठानिक एकीकरणबारे विचार विमर्श
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सांगठानिक एकीकरणको कार्यलाई अघि बढाउने नीतिगत विषयमा विचार विमर्श भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरसल्लाह र परामर्शअनुसार प्राप्त भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बैठकमा उक्त प्रतिवेदनमाथि छलफल शुरु भएको हो ।
सो बैठकमा अध्यक्ष द्वयले एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता प्रस्तावित गर्नुभएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रस्तुत मान्यता र मापदण्डमाथि छलफल गर्दै त्यसलाई टुङ्ग्याउने दिशामा अगाडि बढेको छ ।
बैठकमा उठेका विषयमाथि थप परामर्श गरी गर्न पार्टीले बिहीबार दिउँसो ३ बजे पुनः बैठक बोलाएको छ । जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपाको सांगठानिक एकीकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्