नख्खु कारागारका कैदीमाथि विष प्रयोग गरी हत्या
नख्खु कारागार ललितपुरमा कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भक्तबहादुर सुनारलाई वनस्पतिजन्य विषको प्रयोग गराई अभिषेकराज सिंहलगायतले हत्या गरेको अभियोग लागेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको जानकारीअनुसार बर्दिया सावक ठाकुरद्वारा गाविस–५ का ३२ वर्षीय सुनारलाई सोही कारागारमा कैद भुक्तान गरिरहेका सिंहलगायतको समूहले बनस्पतिजन्य पदार्थको विष तयार गरी खाना समेतमा प्रयोग गरी हत्या गरी योजनाबद्ध ढंगले जेल प्रशासनलाई फसाउने लक्ष्य राखेको खुलासा भएको जनाएको हो ।
सिंहलगायतले उक्त घटना घटाएर आन्तरिक प्रशासन तथा तत्कालीन चौकिदारलाई दोषी साबित गराई आन्तरिक प्रशासनमा आफ्नो वर्चश्व स्थापित गर्नाका साथै चौकिदारको पद प्राप्त गर्ने योजना बनाएको खुल्न आएको छ ।
सिंहले हत्याको योजना तथा विष तयार र त्यसको प्रयोगमा मनोजकुमार चौरसिया समेतको सहयोग लिएको त्यसैगरी विष बनाउन आवश्यक पर्ने वनस्पतिजन्य पदार्थ ध्रुवकृष्ण शर्माले जेलभित्र पु¥याउने कार्य गरेको प्रहरीले जनाएको छ । अभियुक्त सिंहले विगतमा पनि सुर्खेत, भक्तपुर, रुपन्ेदही र जनकपुरमा समेत ज्यान मार्ने उद्योगमा समेत विषादीको प्रयोग गरी घटना घटाएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सो घटनाको मुख्य योजनाकार बाँके नेपालगन्ज उपमहानगरपालिका–४ का सिंह, सहयोगी सप्तरीका मनोजकुमार चौरसिया र अर्का सहयोगी दोलखाका ध्रुवकृष्ण शर्मालाई कर्तव्य ज्यान मुद्दामा सरकारी वकिल कार्यालय ललितपुरमा पेश गरिएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नख्खु कारागार, #विष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्