शेरबहादुरको राजिनामापछि के ओलीले गर्लान् यी ५ मन्त्रीलाई पदच्युत ?
पुकार तिमलसिना
काठमाडौं । शेरबहादुर तामाङले न्याय कानुन तथा संसदीय मामिलामन्त्रीबाट राजिनामा दिएका छन् । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर तामाङले राजिनामा दिएका हुन् ।
तामाङले कुरा नबुझी नेपाली चेलीलाई मानमर्दन हुनेगरी अभिव्यक्ति दिएको, गैर जिम्मेबार बनेको भन्दै कानुनमन्त्री शेरबहादुर तामाङको राजिनामा माग गरिएको थियो ।
तामाङको राजिनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीले विवादमा आएका, सरकारको स्पिरिटविपरित हिँडेका र सरकारलाई बदनाम गराउने काम मात्र गरेका मन्त्रीहरुलाई कारवाहीको दायरा भित्र ल्याउन आवश्यक छ ।
ओलीले सरकारका प्रवक्ता रहेका सञ्चारमन्त्री गोकुल बास्कोटा, श्रममन्त्री गोकर्ण विष्ट, यातायात मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री युवराज खतिवडा र पर्यटनमन्त्री रविन्द्र अधिकारीहरु संग आम बिकाश प्रेमी जनता रुष्ठ रहेका छन । ।के प्रधानमन्त्रि ओलीले अन्य केही मन्त्रिलाई राजीनामा दिन दवाब देलान त ? यो अहिले आम चासोको बिषय बनेको छ ।
सञ्चारमन्त्री बास्कोटा यसकारण विवादमा !
बास्कोटा सरकारका प्रवक्ता भएर अत्यधिक विवादमा आएका मन्त्री हुन् । ओलीका प्रिय भए पनि उनले मिडियामा प्रहार गरेको, निर्णयहरू कार्यान्वयन नगरेको भन्दै ओलीले हटाउन लागेको हल्ला बाहिर आएको छ ।
श्रममन्त्री बिष्ट यसकारण विवादमा !
श्रममन्त्री विष्टले मेलेरियामा कामदारको स्वास्थ्य परिक्षण गर्ने संस्थामा धरपकट गरेको र त्यसलाई कार्यान्वयन गर्न नसकेका कारण हटाउन लागिएको बुझिएको छ ।
यातायातमन्त्री महासेठ यसकारण विवादमा !
उच्च स्रोतका अनुसार ओलीले यातायात सिन्डिकेटलाई काखा च्यापी सरकारको योजनाविरूद्ध हिँडेका कारण यातायातमन्त्री रघुवीर महासेठलाई हटाउन लागेको पाइएको छ । सरकारले यातायात सिन्डिकेट तोड्ने निर्णयसहित यातायात व्यवस्था विभागलाई चलाएमान बनाउँदा महासेठले त्यहि आक्रमण गरी मनलाग्दी निर्णय गरेका थिए ।
अर्थमन्त्री खतिवडा यसकारण विवादमा !
यता देशको अर्थतन्त्रलाई धराप पार्नेगरी, पार्टीमैत्री नभएका कारण अर्थमन्त्री युवराज खतिवडालाई हटाउन लागेको पाइएको छ । स्रोतका अनुसार खतिवडाले पार्टीले ल्याएका योजना र कार्यकर्ताको मानमर्दन गरेको ओलीकहाँ गुनासो पुगेको थियो । भारतीय दबाबमा राष्ट्रियसभा सदस्य बनाउँदै खतिवडालाई विज्ञका रूपमा ओलीले अर्थ मन्त्रालयको जिम्मा दिएका थिए ।
।
पर्यटनमन्त्री अधिकारी यसकारण विवादमा !
कास्की जिल्लाका पर्यटनमन्त्री अधिकारीले सुरक्षाकर्मीलाई छाता ओडाउन लगाएर आफू पैदल यात्रा हिँडेको तस्वीर सामाजिक सञ्जालमा भाईरल भएपछि उनको चर्को आलोचना भएको थियो । सामाजिक सञ्जालमा उनको तस्वीरलाई लिएर अनेकौ टिकाटिप्पणी समेत भएका थिए ।
त्यस्तै केही समयअघि पत्रकारले विमान खरिदबारे प्रश्न राख्दा उनले पत्रकारलाई दुव्र्यवहार गरेका कारण पनि उनी आलोचित भएका थिए । पत्रकारको माइक समेत फालेर अनेक भनेपछि प्रधानमन्त्री ओलीले उनलाई आफ्नो सरकारमा राख्न नचाहेको स्रोतले जनाएको छ ।
मन्त्री अधिकारीले ६० करोढ रुपैयाँ आफू खुसी बाँडेका कारण पनि उनी चर्को विवादमा तानिएका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #ओली, #मन्त्रि निस्काशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्