विपद् व्यवस्थापनमा समन्वय बढाउन गृहको आग्रह
गृह मन्त्रालयले बाढी पहिरो, डुबानजस्ता प्राकृतिक विपत्ति तथा त्यसबाट उत्पन्न समस्याको प्रभावकारीरुपमा सामना गर्न प्रादेशिक सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई सजगता र समन्वय बढाउन आग्रह गरेको छ ।
लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढीको प्रभाव पर्न थालेपछि आज गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सरोकारवालासमेतको बैठकले वर्षाको पूर्वसूचना सम्प्रेषण, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, जल तथा मौसम विज्ञान विभागलगायतका निकायलाई समेत सक्रिय बनाउने निर्णय गरेको छ ।
बैठकले विपद् जोखिम न्यूनीकरणलाई विकास निर्माणको कार्यमा मूल प्रवाहीकरण गर्न र विपद्को प्रभावकारी प्रतिकार्य गर्न÷गराउन प्रमुख जिल्ला अधिकारीले जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र आवश्यकताअनुसार विपद् व्यवस्थापनमैत्री स्थानीय प्रशासन सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बलकोे जनशक्ति र स्रोतसाधन, स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि तथा चिकित्सक टोली तम्तयार राख्नेसमेत बैठकले निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गर्नुभएको विज्ञप्तिमा गएराति परेको अविरल वर्षाका कारण काठमाडाँै उपत्यकाका तीनसहित विभिन्न जिल्ला प्रभावित भएका छन् । बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्कालका लागि रु १० हजारका दरले राहत वितरण गर्ने, उद्धार र बेपत्ताको खोजी कार्य जारी राख्ने निर्णय भएको उल्लेख छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #गृह मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्