कोरोना भाइरसको संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु
काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक व्यक्तिको मृत्यु भएको छ।
जेठ २१ गते मृत्यु भएका डोल्पाका जगदुल्ला गाँउपालिका-३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट कोरोना भाइरस पोजिटिभ आएको हो।
मृत्यु भएकै दिन स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएकोमा शनिबार विहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ती व्यक्ति दमका दीर्घरोगी,लामो समयदेखि दमको रोगले पीडित थिए । उपचारका लागि सुर्खेत गएका उनी जेठ १८ गते गाउँ फर्किएका थिए। त्यसपछि घरमै क्वारेन्टिनमा बसेका बेला जेठ २१ गते बिहान ९ बजे उनको मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे औपचारिक पुष्टि गर्न बाँकी छ। यसअघि जेठ २० गते पाल्पाको मिसन अस्पतालमा पूर्वखोला गाउँपालिका घर भई भारतबाट आएका ४५ वर्षीय पुरुषको ज्यान गएको थियो। उनको ज्यान गएपछि मात्रै कोरोना संक्रमित रहेको पुष्टि भएको थियो।

क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना भाइरस, #डोल्पा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्