सिन्धुली अस्पतालमा मेसिन खरिदमा सात लाख घोटाला, अख्तियारमा उजुरी
काठमाडौँ, २२ जेठ ः सिन्धुलीमा रहेको सिन्धुली अस्पतालको मेसिन खरिदमा भ्रष्टाचार भएको खुलासा भएको छ ।
भिडियो एक्सरेका लागि खरिद गरिएिको मेसिनमा अस्पतालका अध्यक्ष प्रल्हाद पोखरेल, मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्का र वायोमेडिकल इन्जिनियर राजन डाँगीले खरिद प्रक्रियाम घोटाला गरेका छन ।
टेण्डर आवहनमा कम टेण्डर परेका पहिलो फर्मलाई छनौट नगरि बढी मूल्यमा खरिद गर्ने चौथो नम्बरका फर्मलाई छनौट गरि मिलोमोतोमा भ्रष्टाचार गरेका छन । उक्त टेण्डरमा पाँच फर्मले आशयपत्र बुझाएका थिए ।

गत चैत १ गते सात दिनको सूचना प्रकाशित गरी मेसिन खरिदका लागि टेण्टर आवहन गरेपछि पाँच वटा कम्पनीले मेसिन खरिदका लागि आशय व्यक्त गर्दै टेण्टर हालेका थिए । तर उनीहरुले पहिलो कम मूल्यमा खरिद गर्ने कम्पनीलाई छनौट नगरि सात लाख ८४ हजार ४३० रुपियाँ बढी पर्ने चौथौ नम्बर बढी मूल्य पर्ने कम्पनीलाई छनौट गरेका छन ।
पहिलो कम्पनीले २४ लाख ७३ हजार ५७० रुपियाँमा र चौथो कम्पनीले ३१ लाख ९८ हजार रुपियाँमा रहेको थियो ।
अस्पतालले बढी मूल्यमा टेण्डर गर्ने कम्पनीलाई छनौट गरि मेसिन खरिद गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।
स्थानीय नारायण क्षेत्रले तीनै जनाको मिलोमतोमा कम मूल्य भन्दा बढी मूल्यमा खरिद गर्ने कम्पनीलाई छनौट गरेको भन्दै उजुरी दर्ता गराएका छन ।
उजुरीमा उनले प्राविधिक मूल्यांकनको नाममा आफूलाई बढी घुस आउने फर्मलाई छनौट गरि भ्रष्टाचारमा संलग्न तीनैलाई कारवाहीको माग गरेका छन ।

क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्