टोखामा दुई युवतीमा कोरोना संक्रमणको पुष्टि
२१ जेठ २०७७, बुधबार
काठमाण्डौको टोखामा दुई युवतीमा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले काठमाण्डौमा थपिएका तीन नयाँ संक्रमितमध्ये दुईजना टोखा नगरपालिकाभित्रको भएको पुुष्टि गरेको छ । उनिहरुको अवस्था अहिले सामान्य छ ।
टोखाका मेयर प्रकाश अधिकारीको अनुसार टोखाको कुन वडा र स्थान हो भन्ने बारे स्वास्थ मन्त्रालयबाट केही बेरमा सूचना आउने बताए ।
संक्रमित दुवैजना २७ वर्षिय युवती छन । उनिहरुको अवस्था अहिले सामान्य छ । आज थपिएका देशभरका दुई सय एक जना मध्ये काठमाण्डौमा तीनजनामा संक्रमण पुष्टि भएको थियो ।
जसमध्ये एकजना काठमाण्डौ मेडिकल कलेजमा कार्यरत महिला चिकित्सक हुन भने अन्य टोखा निवासी महिला हुन । उनिहरु तीनैजनाको उमेर २७ वर्षको रहेको छ ।
बुधबारसम्म ८० हजारभन्दा बढीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #टोखामा दुई युवतीमा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्