आइतबार थपिए १६६ संक्रमित, नेपालमा १५ सय ६७ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो ५ दिनदेखि कोरोना संक्रमितको संख्या बढ्ने क्रम आइतबार पनि यथावत रह्यो । नेपालमा आइतबार पनि १६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसहित अब कोरोना भाइरसबाट संक्रमितको संख्या १५ सय ६७ पुगेको छ ।
जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार संक्रमित १५६७ मध्ये १४ सय ५० पुरुष र १ सय १७ जना महिला रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार भेटिएकाको अहिलेसम्मको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिनु भयो ।
डा. देवकोटाका अनुसार आइतबार पुष्टि भएका संक्रमितहरुमा सल्यानका २५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना रहनु भएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा रौटहतका २९ जना, सर्लाहीका १० जना, बाजुराका ३ जना, सुर्खेतका १ जना, बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, झापाका ४ जना, धनुषाका २१ जना र कपिलवस्तुका ५ जना पनि कोरोना संक्रमण भेटिएको मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
हालसम्म पुष्टि भएको कोरोना भाइरस संक्रमण पुष्टि भएमध्ये २२० जना निको भएर घर फर्किसक्नु भएको छ । पछिल्लो समय मकवानपुरकी १ महिला डिस्चार्ज भएर घर फर्किनु भएको छ ।
यस्तैगरी कोरोना भाइरस संक्रमणका कारण नेपालमा ८ जनाको ज्यान गइसकेको छ । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोककी एक महिला, बाँकेका एकजना पुरुष, गुल्मीका एक पुरुष, बाराका एक पुरुष, ललितपुरका एकजना पुरुष र अर्घाखाँचीका एक पुरुष, दैलेखका एक पुरुष, बाजुराकी एक दुई वर्षीया बालिकाको पनि मृत्यु भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #कोरोना पुष्टि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्