रासायनीक मलको अनुदान कटौतिले कृषिक्षेत्रको अवमूल्यन भयो : अध्यक्ष, दंगाल
काठमाडौ । अखिल नेपाल किसान महासंघका अध्यक्ष डाक्टर प्रेम दंगालले किसानलाई थप समस्यामा धकेल्ने गरी आएको अनुदान कटौतिको निर्णयले कृषि क्षेत्रलाई नै निरुत्साहित गरेको दुखेसो गरेका छन् ।
अखिल नेपाल किसान महासंघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दंगालले अनुदान कटौतिको निर्णयले किसान र कृषिलाई निरुत्साहित गरेको भन्दै यसले खाद्य सुरक्षामा समेत गम्भिर जोखिम बढेको बताए ।
उनले सरकारको यो निर्णयले कृषीक्षेत्रको नै अवमूल्यन भएको महसुस आफुहरुले गरेको बताए।
उनले भने ‘ यो निर्णयले मुलुकमा उत्पादन घट्न गई खाध्य सुरक्षामा आँच आउने जोखिम बढेको छ । ’
रासायनिक मलको प्रयोगलाई निरुत्साहीतगर्दै प्राङ्गगारिक मलको मात्रा बढाउन किसानलाई प्रोत्साहीत गर्नुपर्ने उनको भनाई छ ।

उनले भने “नेपाल सरकारले अभिलम्ब मल कारखाना खोलेर त्यसको प्रकृया अगाडी बढाउनु पर्छ भन्ने हाम्रो दृष्टिकोण हो । क्रमश रासायनिक मललाई घटाउँदै जाने प्राङ्गारिक मलको मात्रा बढाउदै जाने । यसका लागि किसानलाई प्रोत्साहित गर्नुपर्छ ।प्राङ्गारिक मलमा अनुदान दिनुपर्छ गोठमा पुगेर अनुदान दिने गोठ सुधारका कार्यक्रम गर्नु पर्छ ।”
उनले राज्यले मलको गुणस्तर, आपुर्ति र व्यवस्थापन यी सबै कुरालाई ख्याल गर्नुपर्ने बताए। अध्यक्ष डङ्गोलले भने मल स्थापनाको लागि डेड खर्ब बजेटले पुग्ने हुनाले सरकारले यसतर्फ चासो दिए मुलुकमै मल कारखाना स्थापना हुने उनको विश्वास छ ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #प्रेम दंगाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्