सुत्केरी गंगाको उद्धार भएपनि, ज्यान बचेन – भिडियो रिपोर्ट सहित
लकडाउनका बेला अस्पतालमा सुत्केरी सेवा सहज छ । तर, जिल्ला अस्पताल संखुवासभाले रिफर गरेको सुत्केरीका परिवारले निजी अस्पतालमा मोटो रकम बुझाउन नसकेपछि ज्यानै गुमाउनु परेको छ ।
नोबेल अस्पताल विराटनगरमा उपचारका लागि रकम नभएपछि फर्काएर जिल्ला अस्पताल संखुवासभा भर्ना भएकी खाँदबारी नगरपालिका ६ पांठाकी ३२ बर्षिया गंगा कार्कीलाई जिल्ला प्रसासनको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले सेनाको हेलिकप्टरबाट हवाई उद्धार गरेको थियो । तर, उपचारमा निक्कै ढिला भएकाले उनलाई चिकित्सकले बचाउन सकेनन् । उनको थापाथली स्थित प्रसुति गृहमा शुक्रबार राति मृत्यु भयो । उनलाई जिल्ला अस्पताल संखुवासभाले रिफर गरे पछि बिराटनगरको नोवेल अस्पताल लगिएको थियो ।
विराटनगरको नोबेल अस्पतालमा मृत शिसु जन्माए पछि गंगा बोहोस भईन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा २ लाख बढी खर्च त भयो तर होसमा आईनन् । आफन्तले अस्पताललाई तिर्ने पैसा नभएपछि अचेत अवश्थामा घरैमा फर्काएर ल्याए ।
ग्रामीण भेगका गर्भवतीलाई समयमै अस्पताल ल्याउन नसक्दा ज्यान जोखिममा पर्ने गरेको छ । बच्चा गुमाएको ३ दिनपछि कार्कीको पनि मृत्यु भएको हो । प्रसव पीडाले च्यापेपछि कार्की जेष्ठ ४ गते जिल्ला अस्पताल खाँदबारीमा सुत्केरी हुन भर्ना भएकी थिइन । तर उनको पेटमा रहेको बच्चा अप्ठयरो गरेर बसेको र उच्च रक्तचाप देखिएपछि चिकित्सकले विराटनगर स्थित नोबेल अस्पताल रिफर गरेका थिए । लकडाउनका कारण आवतजावतमा केही समस्या भए पनि गर्भवती अवस्थामै सम्पूर्ण पूर्वतयारी नगरिदा ती सुत्केरी ज्यानै गुमाउनु परेको चिकित्सको भनाई छ ।
क्याटेगोरी : भिडियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्