नयाँ नक्सा जारी गरिएको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरिने छ : मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुशी व्यक्त गर्नुभएको छ । सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी गरिएको दिनलाई भविष्यमा ऐतिहासिक दिनका रूपमा स्मरण गरिने बताउनुभयो । “आजको यो दिन नेपाली इतिहासमा निक्कै गर्विलो दिनका रूपमा लेखिने छ ।
नेपाली भूमि भइकन पनि हिजोको दिनमा नेपालकै नक्साबाट हटाइएको क्षेत्र समेटेर नक्सा जारी गर्ने सरकारको निर्णय नेपाली जनताको स्वाभिमान उच्च राख्न निकै नै महत्वपूर्ण छ । यो निर्णयले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार राष्ट्र र राष्ट्रियताप्रति समर्पित र संवेदनशील छ भन्ने कुरा दर्शाउँछ ।
अर्थतन्त्र, क्षेत्रफल र जनसङ्ख्याका हिसाबले देश साना र ठूला होलान् तर सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमान हरेक देशको बराबर हुन्छ भन्ने प्रधानमन्त्री ओलीको उद्धरण आज सिद्ध भएको छ”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।
नक्सा जारीको विषयलाई लिएर प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेलले नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले सरकारको ऐतिहासिक निर्णयका लागि धन्यवाद व्यक्त गर्नुभएको हो । त्यस्तै सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारले गरेको निर्णयको प्रशंसा गर्नुभएको छ ।
“अतिक्रमित भूमि जुन नक्सामा पनि गायव थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्यो भूमि समेटेर बनाएको नक्सालाई नेपालको नक्साका रूपमा निर्णय गरेको छ । यो महत्वपूर्ण र ऐतिहासिक कार्यको लागि नेपाल सरकारलाई सलाम”, मन्त्री दुलालले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #डोरमणि पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्