युरोपको क्वारेन्टिनबाट जन्मिएको “६ मिनेट ६” लिस्वन।

पोर्तुगलमा अनलाईन टेलिभिजन मार्फत् एक पृथक कार्यक्रम सञ्चालन हुने भएको छ । घरदेशमा जस्तो सहजै परदेशमा समय उपलव्ध नहुने र कार्य व्यस्तताका कारण परदेशमा सबैजना व्यस्त हुने भएकाले ६ मिनेट सबैमा प्रयाप्त हुने भएकाले कोरोनाको समयमा यस्तो खालको कन्सेप्ट तयार गरिएको हो ।
एक दशक देखि पत्रकारीताको क्षेत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी यादव देवकोटाले “६ मिनेट ६” नामक कार्यक्रमको कन्सेप्ट तयार पारी कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
प्रवासमा राजनितिका कुरा गर्न नभ्याउने बताउदै उनले प्रवासी समयको महत्व बुजेर कार्यक्रम तयार पारिएको बताए । थोरै समयमा प्रवासमा धेरै प्रभाव पर्ने खालको कार्यक्रम रहेको उनको भनाई छ ।
नेपालमा जस्तै पूर्णकालिन पत्रकारीत गर्न प्रवासमा सम्भव नभएको हुँदा सोखका लागि गरिने पत्रकारका लागि यो कार्यक्रम प्रभावकारी हुने उनको अपेक्षा छ । मोफसलदेखि बाहिरी जिल्ला होस् वा देशदेखि विदेशसम्म नै किन नहोस्, सञ्चारकर्मको मोह र ममता रत्तिभर नघट्ने र घट्न दिननहुने सञ्चारकर्मी देवकोटाको जिकिर छ ।
कोरोना भाइरसको समयमा तयार पारिएको कन्सेप्टले मानसिक रुपमा निम्त्याएको त्रास भन्दा पनि शारिरीक रुपमा केहि आराम मिलेको उनी बताउछन् । छोटो समयमा महत्वपूर्ण र मार्गदर्शक बन्ने धेरै विषयलाई उजागर गर्ने कार्यक्रमको उद्धेश्य रहेको छ ।
प्रवासी नेपालीहरुको पिडा, विस्मात, समस्या र उनीहरुको दुःख पछिको सुखमा केन्द्रित भएर कार्यक्रम गरिनेछ । पत्रकार महासंघको शाखा प्रवासमा खुलेता पनि पत्रकारहरुको स्तर मापनको आधार तयार हुन नसकेको बताउदैं सञ्चारकर्मी देवकोटाले मूलधारमा पत्रकारीता गरेका राम्रा पत्रकारहरु प्रवासमा विलिन नहुन भनेर कार्यक्रमलाई अगाडी बढाउन हौंसिएको बताए ।
मुलुकको हितमा भन्दा प्रवासमा हुने राजनितिमा प्रवासी पत्रकारीताले स्थान जमाएको भन्दै त्यसको अन्त्यको आवाज उठाउनु आजको आवश्यकता रहेको समेत सञ्चारकर्मी देवकोटाले बताए ।
साप्ताहिक रुपमा प्रसारणमा आउने कार्यक्रम युरोपियन युनियनमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने मुलुक पोर्चुगलबाट उत्पादन गरिने छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #युरोपको क्वारेन्टिन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्