Techie IT
आईतबार, कात्तिक ९,२०८३

कांग्रेस काठमाडौ क्षेत्र नं ६ को महाधिवेशन प्रतिनिधिमा भण्डारी र थापाको मत बराबर , अव के हुन्छ ?


काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ६ मा खस–आर्य तर्फका दुई महाधिवेशन प्रतिनिधि उम्मेदवारको मत बराबर आएपछि अन्तिम परिणाम रोकिइको छ।

खस–आर्य क्लस्टरबाट प्रतिस्पर्धामा रहेका लक्ष्मीराज भण्डारी र दीपक थापा दुवैले समान २१५–२१५ मत प्राप्त गरेका छन्। भण्डारी यसअघि तारकेश्वर नगर सभापतिको आकांक्षी रहे पनि सर्वसम्मतिका लागि पछाडि हटेका थिए।

दुवै जनाको मत बराबरी भएपछि अहिले सहमतिका लागि शीर्ष नेताहरूबीच छलफल तथा संवाद जारी रहेको छ। आज रातिसम्म सहमति हुन नसकेमा भोलि गोलाप्रथा  मार्फत अन्तिम विजेताको टुङ्गो लगाइने तयारी छ।

काठमाडौँ क्षेत्र नं. ६ बाट कुल ३२ जना महाधिवेशन प्रतिनिधि चयन हुनुपर्नेमा ३१ जनाको नतिजा तय भइसकेको छ। एक पदमा मत बराबर भएपछि समग्र परिणाम घोषणा र प्रमाणपत्र वितरणमा केही ढिलाइ हुन पुगेको निर्वाचन समितिले जनाएको छ।


क्याटेगोरी : राजनीति
ट्याग : #कांग्रेस काठमाडौ क्षेत्र नं ६ को महाधिवेशन प्रतिनिधिमा भण्डारी र थापाको मत बराबर


तपाईको कमेन्ट लेख्नुहोस्