नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा साङ्ग्लाका माधव तिमिल्सिना निर्वाचित
तारकेश्वर, काठमाडौं — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ६ बाट माधव तिमिल्सिना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
तारकेश्वर नगरपालिका वडा नं. १ साङ्ग्ला निवासी तिमिल्सिना द्वन्द्वपीडित तथा प्रजातान्त्रिक योद्धा क्लस्टरबाट निर्वाचित भएका हुन्। कांग्रेस वृत्तमा कुशल सङ्गठक र बौद्धिक नेताका रूपमा पहिचान बनाएका तिमिल्सिनाले सो क्लस्टरमा प्रतिस्पर्धीहरू दिनेश प्रधान र विष्णुप्रसाद ढकाललाई पराजित गर्दै जित हासिल गरेका हुन्।
तिमिल्सिनाले २१९ मत प्राप्त गरेका छन भने निकटम प्रतिस्पर्दी दिनेश प्रधानले १९९ र अर्का प्रतिस्पर्दी बिष्णु प्रसाद ढकालले ४० मत पाप्त गरेका छन ।
निर्वाचनको अन्तिम मतपरिणाम र औपचारिक घोषणा निर्वाचन अधिकृतको कार्यालयले केही समयमै गर्ने तयारी गरिरहेको जनाइएको छ। काठमाडौँ क्षेत्र नं. ६ बाट कुल ३२ जना महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था रहेको छ।
क्याटेगोरी : राजनीति
ट्याग : #पाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा साङ्ग्लाका माधव तिमिल्सिना निर्वाचित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्