अखिल संयोजक महरद्धारा मदन र जीवराजको दुर्घटनाको छानविन गर्न माग

काठमाडौँ, ३ जेठ : अनेरास्ववियूका संयोजक ऐन महर मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनाको छानविन गर्न माग गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले दुई नेताको रहस्यमयी दुर्घटनाको अर्थात मदन आश्रीत हत्याराको अविलम्ब छानबिन गरि दोषी पत्ता लगाई हत्यारालाई हदै सम्मको कारबाही गरि न्यायप्रेमी जनतालाई राहत दिन र कानुनी राज्यको प्रत्याभुती दिलाउन सरकार र नेपाल कम्युनिस्ट पार्टीको ध्यानाकर्षण गराएका छन् ।
उनले स्मृति दिवसको अवसरमा दुवै नेताहरुप्रती उच्च सम्मान ब्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त समेत गरेका छन् ।
एमालेका महासचिव भण्डारी र तकालिन संगठन बिभाग प्रमुख आश्रीत को २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगा भन्ने स्थानमा रहस्यमय ढंगले दुर्घटना भएको थियो ।
“आजैको दिनको सन्दर्भ पारेर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा एकीकरण गरि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को दोस्रो बर्षगाँठ र यहि सन्दर्भ पारी अनेरास्ववियू को एकता सम्पन्न भएको प्रथम बर्षगाँठको उपलक्षमा सम्पुर्ण न्यायप्रेमी जनसमुदाय ,नेकपाका नेता कार्यकर्ता तथा सुभेच्छुक समर्थक र सम्पुर्ण विद्यार्थी साथिहरुका साथै अनेरास्ववियूका सबै नेता कार्यकर्ता साथिहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सोभियत संघको बिघटन पश्चात् बिश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपाली माटो सुहाउँदो मौलिक तथा बैज्ञानिक सिद्धान्त जनताको बहुदलिय जनवादको प्रतिपादन गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभै बिश्व कम्युनिस्ट आन्दोलनलाई नै संजिबनी बुटि प्रदान गर्न सफल महान बिचारक तत्कालिन महासचिव जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवादको आलोकमा विशाल संगठन निर्माण गर्दै कम्युनिस्टहरुको एउटा बिश्वासिलो भरपर्दो पार्टी निर्माण गर्न अतुलनिय योगदान गर्नु कुरा उनले उल्लेख गरेका छन्।
संयोजक महरले मदन भण्डारी ले प्रतिपादन गर्नुभएको सिद्धान्त जनताको बहुदलिय जनवाद ९जबज०लाई सधैं भरी आत्मसात गरिरहने र त्यसको सिर्जनात्मक प्रयोगमा अनवरत लागिरहने प्रण गर्ने प्रतिज्ञा समेत उल्लेख गरेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #अनेरास्ववियू, #ऐन महर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्