भेनेजुएला भूकम्प : हजारौंको मृत्यु भएको आशंका
काठमाडौं । भेनेजुएलामा लगातार दुईपटक ७.१ म्याग्निच्युड र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पमा हजारौं मानिसको मृत्यु भएको आशंका गरिएको छ ।
राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबार राति देशभर राष्ट्रिय आपतकाल घोषणा गरिन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति रोड्रिगेजले भूकम्पमा ज्यान गुमाउनेहरूका परिवारप्रति समवेदना व्यक्त गरिन् । उनले मृतकको संख्या भने खुलाएनन् ।
उनले सरकार राहत र उद्धार कार्यमा पूर्ण रूपमा संलग्न रहेको बताइन् ।
उनले डाक्टर र नर्सहरूलाई तुरुन्तै अस्पतालमा उपस्थित हुन र घाइतेहरूको उपचार सुरु गर्न अपील गरिन् ।
यसैबीच, राजधानी काराकासस्थित अन्तर्राष्ट्रिय विमानस्थल अर्को सूचना नभएसम्म बन्द रहने घोषणा गरिएको छ ।
भेनेजुएलामा यो पछिल्लो १२६ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो । यसअघि सन् १९०० मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot, #भेनेजुएला भूकम्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्