Techie IT
सोमबार, असार ८,२०८३

ट्रम्पको धम्कीपछि इरानी टोली शान्ति वार्ताबाट बाहिरिएको दाबी, फोटो खिच्न पनि गरे अस्वीकार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजिक सञ्जालबाट दिएको धम्कीबाट स्विट्जरल्याण्डमा अमेरिका–इरान शान्ति वार्ताका क्रममा तनाव बढेको दाबी गरिएको छ ।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार ट्रम्पको धम्कीबाट आक्रोशित भएर इरानी टोलीले वार्ता तोडेको हो । समाचारमा कतारी प्रतिनिधिमण्डलसँगको भेटपछि इरानी टोली अमेरिकासँग वार्ता भइरहेको भवनबाट बाहिरिएको उल्लेख गरिएको छ ।

सुरुमा दुई पक्षबीच हात मिलाउने र संयुक्त फोटो खिच्ने कार्यक्रम थियो तर इरानी टोलीले भाग लिन अस्वीकार गरेको दाबी गरिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता सुरु हुनुभन्दा अघि इरानलाई लेबनानमा हिजबुल्लाहलाई रोक्न धम्की दिएका थिए । उनले इरानले हिजबुल्लाहलाई नरोके इरानमा फेरि ठूलो आक्रमण गर्ने धम्की दिएका थिए ।

ट्रम्पको धम्कीपछि इरानी टोलीको नेतृत्व गरिरहेका सभामुख मोहम्मद बागेर गालिबाफले इरान अमेरिकी धम्कीबाट नडराउने बताएका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot, #ट्रम्पको धम्की


तपाईको कमेन्ट लेख्नुहोस्