चेम्बरका पूर्व अध्यक्ष मालाकार, उपाध्यक्ष श्रेष्ठ र प्रदेश अध्यक्ष पोखरेललाई कर्पोरेट अवार्ड
चेम्बरका पूर्व अध्यक्ष मालाकार, उपाध्यक्ष श्रेष्ठ र प्रदेश अध्यक्ष पोखरेललाई कर्पोरेट अवार्ड
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्र वीर मालाकार , उपाध्यक्ष दीपक श्रेष्ठ तथा लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेललाई ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’ का अवसरमा कर्पोरेट अवार्ड प्रदान गरिएको छ। मालाकार लाईफ टाईम, श्रेष्ठ विजनेश लिडरशिप र पोखरेल प्रदेश तर्फको विधामा सम्मानित भए ।
ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औँ संस्करणको ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’ बिहीबार काठमाडौंस्थित होटल र्याडिसनमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका सफल उद्यमी, व्यवसायी तथा संस्थाहरूलाई उत्कृष्ट योगदानका आधारमा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।
कार्यक्रममा कृषि, पर्यटन, उत्पादन, सञ्चार, डेरी तथा अन्य विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो। कृष्णहरि अर्यालले ‘कर्पोरेट एग्रो अन्टरप्रेनरसिप एक्सिलेन्स’, सोफा हब नेपालका प्रबन्ध निर्देशक तारालाल धरेलले ‘कर्पोरेट फर्निचर इन्डस्ट्री एक्सिलेन्स’, होलिडे ट्रिप नेपाल एण्ड टुर्सका प्रबन्ध निर्देशक रोहित कार्कीले ‘कर्पोरेट युथ आइकन इन हस्पिटालिटी एण्ड टुरिजम’ अवार्ड प्राप्त गरेका थिए।
यस्तै, चर्चित फोटोग्राफर प्रदीप राज वन्तलाई ‘फोटो जर्नालिज्म एक्सिलेन्स अवार्ड’ तथा श्री माता पाथिभरा डेरी इन्डस्ट्रीका प्रबन्ध निर्देशक गंगाबहादुर खड्कालाई ‘डेरी इन्डस्ट्री एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको थियो।
समारोहमा कर्पोरेट मिडिया ग्रुपका व्यावसायिक गतिविधि तथा सञ्चार अभियानमा निरन्तर सहयोग पुर्याएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, ईश्वर लाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठ तथा नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाह, ईश्वर लाल प्रतिष्ठानका अध्यक्ष प्रदीपलाल श्रेष्ठलगायतले निजी क्षेत्रको सुदृढीकरण, लगानी प्रवर्द्धन, रोजगार सिर्जना तथा आर्थिक पुनरुत्थानका विषयमा धारणा राखेका थिए।
सो अवसरमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक सुधारका सम्भावनाबारे समेत व्यापक छलफल भएको थियो। कार्यक्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, सांसदहरू, अर्थशास्त्री, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।
कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ। सफल व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्ने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा मुलुकको आर्थिक विकासमा योगदान दिने व्यक्तित्वहरूको पहिचान र सम्मान गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गरिँदै आएको आयोजकले जनाएको छ।

brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 42;
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्