एसइईमा संखुवासभाबाट सिम्रन थापा जिल्ला प्रथम
संखुवासभा । राष्ट्रिय परीक्षा बोर्डद्वारा साेमबार राति सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा संखुवासभाकी सिम्रन थापा जिल्ला प्रथम बनेकी छन् ।
खाँदबारी नगरपालिका–१ निवासी सिम्रनले श्री हिमालय माध्यमिक विद्यालय बाट परीक्षा दिई ४.०० जिपिए प्राप्त गर्दै जिल्लाभर उत्कृष्ट नतिजा हासिल गरेकी हुन् ।
सिम्रन सनम थापा र कविता थापाकी छोरी हुन् । उनले सामुदायिक विद्यालयमा अध्ययन गर्दै जिल्लाका प्रतिष्ठित संस्थागत तथा निजी विद्यालयका विद्यार्थीलाई पछि पार्दै उत्कृष्ट सफलता हासिल गरेकी हुन् । उनका बुबा सनम थापा श्री महेन्द्र माध्यमिक विद्यालय का सहायक प्रधानाध्यापक तथा माध्यमिक तहका शिक्षक हुन् ।
यस वर्ष संखुवासभाका ७५ वटा माध्यमिक विद्यालयबाट २ हजार ३२९ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । तीमध्ये १ हजार ६७ जना अर्थात् ४५.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ संखुवासभा का सूचना अधिकारी एकराज थापामगरले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एसईई, #जिल्ला प्रथम, #संखुवासभा, #सिम्रन थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्