Techie IT
शुक्रबार, वैशाख २५,२०८३

प्रधानन्यायाधीश सिफारिसमा धारणा बनाउन बारको आकस्मिक बैठक बस्दै


काठमाडौं । नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ ।

संवैधानिक परिषद्ले बिहीबार प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन बारको बैठक बस्न लागेको हो । बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई रायका लागि छलफलमा बोलाइएको बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाले जानकारी दिए । उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ ।

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले बहुमत निर्णयका आधारमा चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । निर्णयमा असन्तुष्टि जनाउँदै परिषद् सदस्य रहेका राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानन्यायाधीश सिफारिसमा धारणा बनाउन बारको आकस्मिक बैठक बस्दै


तपाईको कमेन्ट लेख्नुहोस्