Techie IT
शुक्रबार, वैशाख ४,२०८३

अमेरिका–इरान वार्ताको पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा


काठमाडौँ । शहबाज सरिफ अमेरिका–इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पृष्ठभूमिमा चारदिने भ्रमणका लागि बुधबार साउदी अरब पुगेका छन्।

गत साता इस्लामावाद मा अमेरिकाइरान बीच दशकौँपछि भएको उच्चस्तरीय वार्तापछि सरिफले साउदी नेतृत्वसँग महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम छ। यस भ्रमणक्रममा उनी कतारटर्की समेत जानेछन्।

पाकिस्तानी प्रधानमन्त्रीले क्षेत्रीय अवस्थाबारे मोहम्मद बिन सलमान सँग छलफल गर्ने तयारी गरेका छन्। साथै, उनले टर्कीको अन्टाल्या कूटनीति मञ्च मा सहभागी हुँदै रेसेप तैयप एर्दोगान लगायत अन्य नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

फेब्रुअरी २८ मा अमेरिकाइजरायल ले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको तनाव अन्त्य गर्ने प्रयासस्वरूप इस्लामावादमा भएको वार्ता महत्वपूर्ण मानिएको छ। यद्यपि ठोस सहमति नभए पनि दुई पक्षलाई संवादमा ल्याउने पहललाई सकारात्मक कदमका रूपमा हेरिएको छ।

यसबीच, इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीहरूलाई निशाना बनाउँदै ऊर्जा आपूर्तिमा अवरोध गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ।

डोनल्ड ट्रम्प ले वार्ताबाट तत्काल सहमति नभए पनि पुनः वार्ता छिट्टै सुरु हुन सक्ने संकेत दिएका छन्। अमेरिका द्वारा लागू गरिएको नौसैनिक नाकाबन्दीका बीच युद्धविराम भने अझै कायम छ।

यस कूटनीतिक पहलमा पाकिस्तानका विदेशमन्त्री इशाक दार सहित उच्च अधिकारीहरू पनि सहभागी छन्।

पाकिस्तान–साउदी सम्बन्धलाई अझ मजबुत बनाउने क्रममा रियाद ले पाकिस्तानलाई तीन अर्ब अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ, जसले पाकिस्तानको विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग पुर्‍याउनेछ। साथै, साउदी अरबको पाँच अर्ब डलर बराबरको निक्षेप पनि अनिश्चित अवधिसम्म विस्तार गरिने बताइएको छ।

यसैबीच, पाकिस्तानी सेना प्रमुख असिम मुनिर नेतृत्वको प्रतिनिधिमण्डल इरान पुगेको छ, जहाँ उनीहरूलाई इरानी विदेशमन्त्री अब्बास अराघची ले स्वागत गरेका छन्। उक्त भ्रमणमा आगामी वार्ता र नयाँ कूटनीतिक सन्देशबारे छलफल हुने अपेक्षा गरिएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot, #अमेरिका–इरान वार्ताको पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा


तपाईको कमेन्ट लेख्नुहोस्