Techie IT
बिहीबार, जेठ २,२०८२

नेपालमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो


काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  शनिबार थप ७ जनामा कोरोना भाइरस  पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ ७ जनामा कोरोना पुष्टि भएको हो ।

 

संक्रमित उदयपुर, कपिलवस्तु र पर्साका छन् । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #थप ७ जनामा कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:13 am6:46 pm +0545