Techie IT
बिहीबार, वैशाख १७,२०८३

चेम्बर अध्यक्ष अग्रवालले काठमाडौँस्थित पद्मकन्या मतदान केन्द्रमा पुगेर गरे मतदान 


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले काठमाडौँ, डिल्लिबजार स्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष अग्रवालले आफूले दिएको मत परिवर्तन, पारदर्शिता र समृद्धिको पक्षमा रहेको बताए। उनले मताधिकार केवल प्रतिनिधि छनोटका लागि मात्र नभई राष्ट्रको समग्र विकास र आत्मनिर्भर नेपालको लक्ष्यलाई अघि बढाउने माध्यम भएको उल्लेख गरे।

नागरिकले दिने प्रत्येक मतले देशको भविष्य र नीतिगत दिशालाई प्रभाव पार्ने भएकाले सबै मतदाताले जिम्मेवारीका साथ मतदान प्रक्रियामा सहभागी हुनु आवश्यक रहेको उनब्ले उल्लेख गरे।

अध्यक्ष अग्रवालले लोकतन्त्रलाई बलियो बनाउन नागरिकको सक्रिय सहभागिता अनिवार्य हुने उल्लेख गर्दै मतदानमार्फत जनताको आवाज सशक्त रूपमा अभिव्यक्त हुने बताए।

 


क्याटेगोरी : अर्थ


तपाईको कमेन्ट लेख्नुहोस्