Techie IT
बुधबार, साउन १३,२०८३

कुलमान घिसिङको सन्देश– भाषणभन्दा काम गर्ने नेताको छनोट गरौँ


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषण होइन, काम गर्नेलाई जिताएर अवसर दिन मतदातासँग आग्रह गरेका छन्।

शुक्रबार सिरहा–धनुषा जोड्ने कमला पुलको अवलोकनका क्रममा उनले आफू काम गरेर देखाउने पात्र भएकाले एक पटक मौका दिन अनुरोध गरे।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका युवाहरू काम गर्न तयार रहेको उल्लेख गर्दै घिसिङले पुराना दलहरूले कामभन्दा बढी भाषण गरेको आरोप लगाए।

उनका अनुसार काम नगर्ने र जनतालाई छल्नेहरूको समय समाप्त भइसकेको छ। शिक्षा, कृषि, सिँचाइ र विद्युतीकरणलगायत क्षेत्रमा आफ्नो पार्टीले प्राथमिकताका साथ काम गर्ने उनले बताए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्