Techie IT
आईतबार, जेठ १०,२०८३

नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले घटेको छ


नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार रुपैयाँमा कायम भएको छ।

यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २७० रुपैयाँले घट्दै प्रतितोला चार हजार ७१० रुपैयाँमा झरेको छ। हिजो चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्