काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
काठमाडौं । देशभर निर्वाचनको माहोल तातिरहेको बेला काठमाडौं क्षेत्र नं ७ का पुराना कम्युनिष्ट नेता , समाजसेवी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
कार्यक्रममा बोल्दै ज्ञानेन्द्र मोहन श्रेष्ठले समाज रुपान्तरणमा नेकपा एमालेले अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थिति, विकास, सुशासन, समृद्ध राष्ट्र र राष्ट्रियताका सवालमा एमाले नै जनताको भरोसायोग्य पार्टी भएको बताए। उनले विगतमा काठमाडौं क्षेत्र नं। ७ मा विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेखनीय काम भएको स्मरण गराउँदै ती उपलब्धिहरूको नेतृत्व प्रकाश श्रेष्ठले गरेको बताए।
श्रेष्ठका अनुसार पूर्व प्रदेश सांसद तथा बागमती प्रदेशका पूर्व कृषि मन्त्री प्रकाश श्रेष्ठले किसानमैत्री नीति निर्माण, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, स्थानीय उत्पादनको प्रवर्द्धन तथा युवालाई स्वरोजगारमुखी कार्यक्रममार्फत आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएका छन्। साथै सडक, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी र सहरी पूर्वाधार विकासमा उनले देखाएको सक्रियता जनताले प्रत्यक्ष अनुभूति गरेको श्रेष्ठको भनाइ थियो।
अब देशको विकास, सुशासन र समृद्धिको नेतृत्व एमालेले नै गर्ने दाबी गर्दै श्रेष्ठले काठमाडौं क्षेत्र नं। ७ लगायतका पुराना कम्युनिष्ट तथा आम जनसमुदायलाई नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठलाई अत्यधिक मतले विजयी गराउन आह्वान गरे।
आज आयोजित एक समारोहबीच नेकपा एमालेका सचिव महेश बस्नेतले ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवालाई स्वागत गरेका थिए। कार्यक्रममा काठमाडौं क्षेत्र नं ७ का एमाले जनप्रतिनिधिहरू, पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
धेरै पढिएका
- १काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- २काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्