Techie IT
शनिबार, माघ ११,२०८२

रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगर समितिका सभापति सूर्य प्रसाद काफ्लेले आजदेखि कुनै पनि राजनीतिक दलको झण्डा नबोक्ने निर्णय गरेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक पोस्ट काफ्लेले “जहाँ विधि छैन, त्यहाँ म छैन” भन्ने अभिव्यक्ति दिँदै आजसम्म साथ, सहयोग र विश्वास दिने सम्पूर्ण आदरणीय साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । साथै, उनले आजकै मितिबाट कुनै पनि राजनीतिक दलको झण्डा नबोक्ने स्पष्ट निर्णय सार्वजनिक गरेका हुन् ।

जिम्मेवार पदमा रहेका नेताबाट चुनावको छेकोमा आएको यस्तो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा सिर्जना गरेको छ । उनको यो निर्णयले आगामी दिनमा राजनीतिक गतिविधि र दलभित्रको आन्तरिक अवस्थामाथि प्रभाव पार्ने अनुमान गरिएको छ।


क्याटेगोरी : राजनीति, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्