बालेनले कार्यकर्तालाई धकेलेको भिडिओ भाइरल, भएको के थियो ?
झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) समर्थकसँग झोक्किएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। मंगलबार उम्मेदवारी दर्ताका क्रममा निर्वाचन आचारसंहिताअनुसार २५ जनाभन्दा बढी व्यक्ति कार्यालयभित्र जान नपाइने भएपछि समर्थकलाई रोक्न खोज्दा उनी रिसाएका थिए।
समर्थकहरू नमानेर अघि बढेपछि केहीबेर धकेलाधकेलको स्थिति बनेको थियो। पछि मापदण्डअनुसारको टोलीसहित बालेन निर्वाचन कार्यालय प्रवेश गरी करिब ४५ मिनेटमा मनोनयन दर्ता गरेर बाहिरिएका थिए। सहयोगीहरूले आचारसंहिता पालन गराउन खोज्दा यस्तो अवस्था आएको बताएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेनले कार्यकर्तालाई धकेलेको भिडिओ भाइरल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्