कांग्रेसको विशेष महाधिवेशन : ३ जनाले लगे सभापतिको फाराम
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रिया तीव्र बनेको छ। प्रतिनिधिहरूले धमाधम उम्मेदवारीका लागि फाराम लिन थालेका छन्। संस्थापन पक्षसँगको छलफल सकारात्मक निष्कर्षमा नपुगेपछि विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताका लागि समय थप गरिएको छ। अब प्रतिनिधिहरूले साँझ ७ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन्।
हालसम्म सभापति पदका लागि उम्मेदवारी दिन तीन जनाले फाराम लगेका छन्। यद्यपि, फाराम बुझाएपछि मात्रै औपचारिक रूपमा उम्मेदवारहरूको नाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ।
संस्थापन पक्षसँग सहमतिको प्रयास जारी राख्दै विशेष महाधिवेशन पक्षधरहरूले समानान्तर रूपमा निर्वाचन प्रक्रिया पनि अघि बढाएका हुन्। विशेष महाधिवेशन पक्षधर समूहले महामन्त्री गगन थापालाई सभापति चयन गर्नुपर्ने दबाब बढाइरहेको छ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #नेपाली कांग्रेसको विशेष महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्