Techie IT
बिहीबार, जेठ २,२०८२

नेकपा  सचिवालय बैठकमा चर्काचर्की ,बाहिरिए केपी ओली


काठमाडौं । नेकपा  सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् ।

प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।

बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको बालुवाटार निकट श्रोतले जानकारी दिएको छ ।

बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्दैछ ।

 


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #नेकपा सचिवालय बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:13 am6:46 pm +0545