महंगी, बेरोजगारी र कमजोर हुँदै गएको अर्थतन्त्रको कारण नेता खामेनी मस्को भाग्ने तयारीमा
तेहरान । इरानमा महंगी, बेरोजगारी र कमजोर हुँदै गएको अर्थतन्त्रको विरोधमा सर्वोच्च नेता अयातोल्लाह खामेनीविरुद्ध यहाँ ९ दिनदेखि प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका कारण हाल यहाँको अवस्था झन् खराब हुँदै गएको छ । जसकारण खामेनीले अशान्ति बढे देश छोड्ने योजना बनाएको दाबी गरिएको छ ।
बेलायती पत्रिका द टाइम्सका अनुसार, यदि विरोध प्रदर्शन बढ्यो र सुरक्षा बलले विद्रोह गर्यो भने खामेनीले तेहरान छोड्ने आपतकालीन आकस्मिक योजना तयार पारेका छन् । उनी आफ्ना २० जना नजिकका सहयोगी र परिवारका सदस्यहरूसँग इरान छोडेर मस्को जाने द टाइम्सको दाबी छ ।
मिडिया रिपोर्टका अनुसार, पछिल्लो इजरायली आक्रमणहरूले इरानको उच्च सुरक्षा बलको शीर्ष नेतृत्वलाई गम्भीर क्षति पुर्याएको छ, जसले गर्दा देशभर फैलिएको विरोध प्रदर्शनलाई नियन्त्रण गर्न अझ गाह्रो भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेता खामेनी मस्को भाग्ने तयारीमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्