विदेशमा रहेका नेपालीले ३ महिनामा ५ खर्ब ५३ अर्ब पठाए
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाहमा ३५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई चार खर्ब आठ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको थियो ।
यस्तै, गत भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको थियो । चालु आवको पहिलो त्रैमासमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर दुई खर्ब ६४ अर्ब तीन करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ र शोधनान्तर एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो ।
यसैगरी, चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९ दशमलव छ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । सो अवधिमा वस्तु आयात १९ दशमलव आठ प्रतिशतले वृद्धि भई चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा कूूल वस्तु व्यापार घाटा १२ दशमलव दुई प्रतिशतले वृद्धि भई तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
क्याटेगोरी : अर्थ
ट्याग : #विदेशमा रहेका नेपालीले ३ महिनामा ५ खर्ब ५३ अर्ब पठाए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्