अमेरिकाबाट फेरि ३५ नेपाली ‘डिपोर्ट’
मंसिर । अमेरिकाले निष्कासन (डिपोर्ट) गरेका ३५ जना नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर्ड विमानमार्फत् बुधबार ३५ नेपाली काठमाडौँ आइपुगेका हुन् ।
अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार अमेरिकाले देश निकाला गर्दै आएको छ । यसअघि पनि धेरै नेपाली निष्कासन भइसकेका छन् ।
हिजो काठमाडौँ आइपुगेका ३५ नेपालीलाई अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको थियो । ब्युरोले सामान्य सोधपुछ गरी उनीहरूलाई छाडिसकेको एसएसपी कृष्ण पंगेनीले बताए ।
अवैध रुपमा अमेरिका पुगेर निष्कासनमा परेका नेपालीले आफू अन्यायमा परेको भनेर उजुरी गरेमात्रै प्रहरीले थप अनुसन्धान गर्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिकाबाट फेरि ३५ नेपाली ‘डिपोर्ट’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्