सिंगापुरबाट फर्केलगत्तै देउवा पार्टीभित्रको विवाद मिलाउन लागी परेका छन्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनका विषयमा पार्टीभित्र देखिएको विवाद मिलाउन सक्रिय भएका छन् । सिंगापुरमा १८ दिन स्वास्थ्योपचार गरेर शुक्रबार राति फर्किएका देउवाले शनिबारदेखि पार्टीभित्रको महाधिवेशनसम्बन्धी विवाद मिलाउन नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका हुन् ।
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाले औपचारिक रूपमा नभई अनौपचारिक रूपमा विवाद मिलाउन देउवाले सक्रियता देखाएको एक नेताले जानकारी दिए ।
देउवालाई शनिबार बिहान कार्यवाहक सभापति खड्काले एक महिना लामो केन्द्रीय समिति बैठकमा भएको छलफल र महाधिवेशनका सन्दर्भमा देखिएको विवादबारे जनकारी गराएका थिए । देउवा निकट स्रोतका अनुसार त्यसपछि देउवाले पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायतका नेतालाई भेटेका थिए ।
स्रोतका अनुसार सकभर मिलाएर अगाडि बढ्न कार्यवाहक सभापति खड्कालाई सुझाएका थिए । त्यसपछि भेटेका नेताहरूलाई पनि मिलेर अगाडि बढ्ने वातावरण मिलाउन निर्देशन दिएको स्रोत बताउँछ ।
देउवाले आइतबार पनि संस्थापन पक्षका सात पूर्वपदाधिकारीलाई भेट्ने तयारी छ । सात पूर्वपदाधिकारीमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा पार्टी प्रवक्ता डा. महत हुन् ।
यी पूर्वपदाधिकारीहरूले पार्टीको १५ औँ महाधिवेशन आगामी २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने बताउँदै आएका छन् । अर्कोतर्फ डा.शेखर कोइरालाले नेतृत्व गरेको इतर समूह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको समूह भने निर्वाचनअघि महाधिवेशन हुनुपर्ने बताइरहेको छ । यही विवादका कारण गत असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक अनिर्णित बन्दै आएको छ ।
सात पूर्वपदाधिकारी मध्यका एक नेताले आइतबार सभापति देउवासँग भेट्ने कुरा भए पनि कतिबेला भेट्ने भनेर खबर नआएको जानकारी दिए । ‘भेट्ने कुरा हो । कतिबेला भेट्ने भन्ने खबर आएको छैन,’ ती पूर्वपदाधिकारीले भने ।
शनिबार सभापति देउवाले मिलाएर अगाडि बढ्न सुझाएपछि कार्यवाहक सभापति खड्काले ललितपुरस्थित हिमालय होटलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक, उपसभापति धनराज गुरुङसँग भेटेर विवाद मिलाउने प्रयास गरेका थिए । तर कुरा नमिलेपछि विवाद भने जहाँको त्यहीँ रहेको त्यो भेटमा सहभागी एक नेताले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्